काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बीच मर्जरको सहमति भएको छ । दुबै कम्पनीले गठन गरेको मर्जर कमिटिले मर्जर सम्वन्धि अन्तिम सहमति जुटाएको हो । सहमतिसँगै मर्जरको प्रारम्भिक सम्झाता गर्ने तयारी गरिएको छ ।
सहमाति अनुसार मर्जर पछि बन्ने नयाँ कम्पनीमा दुवै संस्थाका सञ्चालकहरुको प्रतिनिधित्व हुनेछ । स्वाप रेसियो कम्पनीको डीडीएपछि निर्धारण हुने सहमति भएको छ ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।