अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २५ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ७३ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २५ रुपैयाँ ७२ पैसा खर्च गर्नुपर्ने भएको छ ।
यसअघि असार ३ गते पनि डलरले उच्च मूल्यमा पुगेको रहेको थियो । सो दिन डलरको मूल्य १ डलर बराबर १ सय २५ रुपैयाँ २२ पैसा पुगेर नयाँ मूल्य रेकर्ड राखेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ ।
आज भारतीर १ को खरिददर अधिकतम १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा कायम भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेको छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि घटबढ हुने गर्दछ ।



