images
images

निजी क्षेत्रलाई गभर्नरले भने, 'परारभन्दा तपाइँहरु निकै कन्फर्टेबल हुनुहुन्छ'


  • 416
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    निजी क्षेत्रलाई गभर्नरले भने, 'परारभन्दा तपाइँहरु निकै कन्फर्टेबल हुनुहुन्छ'

    काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र परारभन्दा निकै कम्फर्टेबल अवस्थामा रहेको बताएका छन् । बुधबार मौद्रिक नीतिको सम्बन्धमा राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

    अन्तरक्रियाका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले उद्योगी व्यवसायीहरु ज्यादै नै निराश अवस्थामा रहेको भन्दै मौद्रिक नीतिमा यी विषयहरुलाई विचार गर्न आग्रह गरेका थिए । 

    जवाफमा अधिकारीले कोरोना महामारीको समय भन्दा निजी क्षेत्र निकै सहज अवस्थामा रहेको बताएका हुन् । ‘परारभन्दा तपाइँहरु निकै सहज अवस्थामा हुनुहुन्छ । त्यसैले धैर्य गर्नुस् आशावादी बन्नुस् ।’

    अधिकारीले विकसित देशहरु पचासौं वर्षदेखिकै बढी मूल्यवृद्धिको अवस्थामा पुगेको, टर्की लगायत देशमा ७० प्रतिशत भन्दा माथि मुद्रास्फीति भएको उदाहरण दिँदै त्यस्तै अवस्थालाई फेस गर्न सक्नेगरी मौद्रिक नीति ल्याउने बताएका छन् । 

    उनले मौद्रिक नीतिको आफ्नै सीमा भएको भन्दै यो सीमालाई बुझ्न आग्रह गरेका छन् । 


    images
    images

    Logo