काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ २२ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा रहेको छ ।