images
images

नबिल बैंकका सीईओ शाहको कार्यकाल सकियो, शाक्यलाई कायम मुकायमको जिम्मा


  • 374
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    नबिल बैंकका सीईओ शाहको कार्यकाल सकियो, शाक्यलाई कायम मुकायमको जिम्मा

    काठमाडौं । नबिल बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुजित शाक्यलाई दिइएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शाक्यलाई कामुको जिम्मेवारी दिएको हो । 

    कामु सीईओ शाक्यले भारतको लखनउबाट विजिनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । उनले आफ्नो २३ वर्षे बैंकिङ करियरमा नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एशिया, एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा काम गरेका छन् । 


    images
    images

    Logo