काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार ५ गते सो बराबरको निक्षेप बैंकहरुमा थपिएको हो ।
राष्ट्र बैंकका अनुसार असार ४ गते ४९ खर्ब ७५ अर्ब रुपैयाँ रहेको निक्षेप असार ५ गते एकैदिन ६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि ६ अर्ब रुपैयाँले बढेको छ । असार ४ गते ४३ खर्ब ९२ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप असार ५ गते ६ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९८ अर्ब रुपैयाँमा पुगेको छ ।
सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले घटेको छ । असार ५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ खर्ब ८३अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, असार ५ गते बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ११ अर्ब रुपैयाँ झरेको छ । त्यसैगरि वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्बले घटेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ भने सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्बले नै घटेर ५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।
असार ५ गते बैंकहरुको सीढी रेसियो ८९.४९ प्रतिशतमा रहेको छ । त्यस्तै सोही समयमा बैंकहरुको अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



