काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ २२ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।