images
images

८० करोड रुपैयाँ मुद्धाती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक 


  • 471
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    ८० करोड रुपैयाँ मुद्धाती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बेंकले उपदान तथा पेन्सन कोष र अवकास कोषमा रहेको ८० करोड रुपैयाँ मुद्धाती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ६४ करोड , ख वर्गका विकास बैंकहरुमा १२ करोड र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई असार ७ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिन अवधिको हुनेछ । 


    images
    images

    Logo