images
images

२५ अर्ब ५३ करोड ट्रेजरी विल जारी गर्दै नेपाल राष्ट्र बैंक, ५ अर्बको नयाँ


  • 417
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    २५ अर्ब ५३ करोड ट्रेजरी विल जारी गर्दै नेपाल राष्ट्र बैंक, ५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब ५३ करोड ट्रेजरी विल विक्री गर्न भएको छ । सोमबार बैंकले २५ अर्ब ५३ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने भएको हो । 

    बैंकका अनुसार २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।त्यस्तै, ९१ दिन अवधिको लागि ५ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ । यसका साथै १ सय ८२ दिनको लागि अवधिको लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । ३ सय ६४ दिन अवधिको लागि ५ अर्ब रुपैयाँको नयाँ  छुट्याइएको छ । 

    २८ दिनको अवधिको विलको लागि साउन ३ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको बिल आगामी असोज ४ गते परिपक्व हुनेछ ।  त्यस्तै, १ सय ८२ दिन अवधिको बिल आगामी पुस ५ परिपक्क हुनेछ भने ३ सय ६४ दिनको लागि आगामी असार ५  गते परिपक्क हुनेछ ।  

    यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images
    images

    Logo