images
images

बीमा विधेयक समितिबाट पारित, चिरञ्जीवी चापागाइँलाई हटाउन ल्याइएको दफा परिवर्तन


  • 508
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    बीमा विधेयक समितिबाट पारित, चिरञ्जीवी चापागाइँलाई हटाउन ल्याइएको दफा परिवर्तन

    काठमाडौं । विद्यमान सञ्चालक समिति हटाउनेगरी ल्याइएको प्रावधानका कारण वर्षौंदेखि अल्मलिएको बीमा विधेयक संसदीय समितिबाट पारित भएको छ । उक्त विधेयक समितिबाट पारित भएसँगै संसदको पूर्ण बैठकमा पेश हुन लागेको हो । शुक्रबार बस्ने बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले उक्त विधेयक सदनमा पेश गर्ने कार्यसूची छ ।

    यसअघि तात्कालिन ओली सरकारले संसदमा उक्त विधेयक पेश गरेको थियो । तात्कालिन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको विधेयकमा बीमा क्षेत्रको नियमन गर्न बीमा प्राधिकरणको परिकल्पना गरिएको छ । उक्त विधेयकमा प्राधिकरण बनेपछि समितिको विद्यमान सञ्चालक समिति हट्ने व्यवस्था गरिएको थियो । 

    तात्कालिन अर्थमन्त्री खतिवडासँग समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाइँको रिसिइबीका कारण उनलाई हटाउने प्रपञ्चस्वरुप ल्याइएको उक्त व्यवस्थाका कारण यो ऐन विवादित बनेको थियो । त्यसबाहेक सर्भेयरहरुको केही विषय समेत यसमा उठेको थियो । अहिले यी सबै समस्या समाधान गर्दै संसदीय समितिबाट उक्त विधेयक पारित भएको हो । 

    पारित भएको विधेयक अनुसार अब प्राधिकरण बनेपछि अहिलेको सञ्चालक समितिले निरन्तरता पाउनेछ । यो विधेयक संसदको यही अधिवेशनबाट पास गर्ने तयारी गरिएको छ । यो अधिवेशन अन्त्यपछि संसद विघटन गरेर चुनाव घोषणा हुने र नयाँ संसदमा पुराना सबै विधेयक निष्क्रिय हुने भएका कारण विधेयकलाई यही अधिवेशनबाट पास गर्न दवाव परेको हो । 


    images
    images

    Logo