images
images

एकैदिन १० अर्बले बढ्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?


  • 710
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    एकैदिन १० अर्बले बढ्यो बैंकहरुको निक्षेप, कति पुग्यो सीडी रेसियो ?

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार जेठ ३१ गते सो बराबरको निक्षेप बैंकहरुमा थपिएको हो । 

    राष्ट्र बैंकका अनुसार जेठ ३० गते ४९ खर्ब ७५ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ ३१ गते एकैदिन १० अर्ब रुपैयाँले बढेर ४९ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । जेठ ३० गते ४३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप जेठ ३१ गते ७ अर्ब रुपैयाँले बढेर ४४ खर्ब १ अर्ब रुपैयाँमा पुगेको छ ।

    सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले बढेको छ । जेठ ३० गते ५ खर्ब ८१ अर्ब रुपैयाँ रहेको निक्षेप ३१ गते हुँदा ३ अर्ब रुपैयाँले बढेर ५ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, जेठ ३१ गते बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ४७ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरि वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ भने सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । 

    जेठ ३१ गते बैंकहरुको सीडी रेसियो पनि घटेको छ । जेठ ३० गते ८९.७८ प्रतिशत रहेको सीढी रेसियो ३१ गते ८९.६१ प्रतिशतमा झरेको छ । त्यस्तै सोही समयमा बैंकहरुको अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 


    images
    images

    Logo