काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ २१ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २५ रुपैयाँ २१ पैसा खर्च गर्नुपर्ने भएको छ ।
यसअघि जेठ ३१ गते पनि डलरले उच्च मूल्यमा पुगेकाो थियो । सो दिन डलरको मूल्य १ डलर बराबर १ सय २५ रुपैयाँ १६ पैसा पुगेर नयाँ मूल्य रेकर्ड राखेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ ।
आज भारतीर १ सयको खरिददर अधिकतम १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा कायम भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेको छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि घटबढ हुने गर्दछ ।
यसरी डलरको भाउ बढ्दै गएपछि सामानहरुको आयातमा पनि निकै असहज हुने देखिन्छ ।



