काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप निरन्तर रुपमा बढ्दै गइरहेको छ । नेपाल बैंकर्ष संघको विवरण अनुसार जेठ महिना लागेसँगै बैंकहरुको निक्षेप निरन्तर रुपमा बढेको हो ।
वैशाखको अन्तिम साता बैंकहरुको निक्षेप ४३ खर्ब ७० अर्ब रहेको निक्षेप जेठको चौथो साता अर्थात जेठ २१ गतेहुँदा सो निक्षेप २३ अर्ब रुपैयाँले बढेर ४३ अर्ब ९३ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ ।
संघका अनुसार जेठ महिनाको पहिलो साता बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा दोस्रो साता ६ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो । त्यस्तै तेस्रो साता सात अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको सो निक्षेप चौथो सातामा आयँदा ३ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै, जेठ महिनामा वायिज्य बैंकहरुको बर्जा लगानी तेस्रो साताको तुलनामा चौथो सातामा २ अर्बले घटेको छ । तेस्रो साता बैंकहरुले ४१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा चौथो सातामा आउँदा कर्जा लगानीमा २ अर्बले कमी आई ४१ खर्ब ९४ अर्ब रुपैयाँमा सिमित भएको संघले जनाएको छ ।



