काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएको छ । राष्ट्र बैंकले आज (मंगलबार) दिउँसो ३ बजे मौद्रिक नीतिको तयारीको छलफल गर्नको लागि २७ वटै बैंकका सीईओलाई बोलाएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्नुअघि बैंकिङ्ग क्षेत्रका विभिन्न विषयमा छलफल गर्नका लागि बैंकरहरुलाई बोलाइएको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । त्यसैक्रममा राट्र बैंकले सबै सीईओसँग छलफल गर्न लागेको हो ।