काठमाडौं । सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले संस्थापक शेयरधनी विनय रेग्मीको नाममा रहेको ५ हजार २ सय ८६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो ।
उक्त शेयर खरिदका लागि न्युनतम मूल्य १ सय ५० रुपैयाँ रहेको छ । इच्छुक खरिदकर्ताले सो मूल्यभन्दा माथिको मूल्यमा आवेदन दिन सक्नेछन् ।सो शेयर संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि सो शेयर सर्वासधारणलाई विक्री गर्ने भएको छ ।
यस संस्थापक शेयर खरिद गर्नका लागि सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सर्वाधारणले आवेदन दिनुपर्ने छ ।