images
images

डलर हालसम्मकै महँगो, यस्तो छ आजको विनिमयदर


  • 633
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    डलर हालसम्मकै महँगो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ १६ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २५ रुपैयाँ १६ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    यसअघि मंगलवार अर्थात जेठ ३० गते पनि डलरले उच्च मूल्यमा स्थिर रहेको थियो । मंगलवार डलरको मूल्य १ डलर बराबर  १ सय २४ रुपैयाँ ८४ पैसा  पुगेर नयाँ मूल्य रेकर्ड राखेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ । 

    आज भारतीर १ को खरिददर अधिकतम १ सय ६० रुपैयाँ  र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा कायम भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेको छ ।  यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि घटबढ हुने गर्दछ ।यसरी डलरको भाउ बढ्दै गएपछि सामानहरुको आयातमा पनि निकै असहज हुने देखिन्छ । 

    binimaya.JPG


    images
    images

    Logo