काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार जेठ २६ गते बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले बढेको हो ।
राष्ट्र बैंकको विवरण अनुसार जेठ २५ गते ४९ खर्ब ६५ अर्ब रुपैयाँ रहेको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै सोही अवभिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ४ अर्ब रुपैयाँले बढेको छ । जेठ २५ गते ४३ खर्ब ८४ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ २६ गते ४ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ८८ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै, जेठ २६ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले बढेको छ । २५ गते ५ खर्ब ८१ अर्ब रुपैयाँ रहेको निक्षेप २६ गते ५ खर्ब ८२ अर्ब रुपैयाँमा पुगेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा बैंकहरुको कर्जा लगानीमा पनि स्थिर आएको छ । जेठ २६ गते बैंकहरुको कर्जा लगानी ४७ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।
यस्तै,जेठ २६ गते बैंकहरुको औसत सीडी रेसियो ९८.८९ प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको छ ।



