काठमाडौं । असार १ गतेदेखि शेयर बजार साताको ६ दिननै खुल्ने भएको छ । अहिलेसम्म सातामा ५ दिनमात्रै कारोबार भएको शेयर बजार अब सातामा ६ दिननै कारोबार हुने भएको हो ।
जेठ १ गतेदेखि सरकारले आइतबार पनि बिदा दिएपछि नेप्सेको कारोबार सोमबरदेखि शुक्रबारसम्म हुँदै आएको थियो । तर सरकारले पुनः आइतबार दिँदै आएको बिदा कटौति गरेसँगै अब नेप्सेको कारोबार शुक्रबार पनि खुल्ने तयारी भएको छ ।
सेयर लगानीकर्ताहरुकै माग अनुसार हप्ताको ६ दिन बजार खोल्ने गरि छलफल भैरहेको र अब निर्णय हुँदा हप्ताको ६ दिन नै सेयर कारोबार खुलाउने तयारी रहेको छ । तर सार्वजनिक विदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।