काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १२ पैसा रहेको छ ।