काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतासम्पन्न भएको छ । शुक्रबार दुई बैंकबिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
मर्जरका लागि सम्झौता भएसँगै सोमबारदेखि दुबै बैंकको सेयर कारोबार पनि रोकिने छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जाने भएका हुन् ।
मर्जरपछि अब संस्थाको अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहनेछन् भने सीर्इओमा ज्योति पाण्डे रहने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००स्९० को अनुपातमा मर्जमा जान लागेका हुन् ।