images
images

हालसम्मकै उच्च मूल्यमा पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 561
    SHARES
  • २०७९ जेठ २७ गते शुक्रबार

    हालसम्मकै उच्च मूल्यमा पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ७३ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २४ रुपैयाँ ७३ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    यसअघि बिहिवार अर्थात जेठ २६ गते पनि डलरले उच्च मूल्य कायम गरेको थियो । विहिबार डलरको मूल्य १ डलर बराबर १ सय २४ रुपैयाँ ६८ पैसा पुगेर नयाँ मूल्य रेकर्ड राखेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्न मूल्य कायम भएको छ । 

    रुस–युक्रेन युद्धका कारणले पनि अमेरिकी डलर महङ्गो बन्दै गएको हो । नेपाली रुपैयाँ र भमरतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेको छ ।  यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि घटबढ हुने गर्दछ ।यसरी डलरको भाउ बढ्दै गएपछि सामानहरुको आयातमा पनि निकै असहज हुने देखिन्छ । 

    binimaya.JPG


    images
    images

    Logo