काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाको धितोपत्रको कारोबार फुकुवा भएको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकको जेठ २४ गते धितोपत्र कारोबार फुकुवा गर्न बाधा नरहेको भन्ने पत्र प्राप्त गरेसँगै यही जेठ २७ गतेदेखि लागू हुने गरी शेयर कारोबार फुकुवा भएको हो ।
मर्जरका कारण करीब तीन वर्ष रोक्का रहेको कम्पनीको शेयर शुक्रवारदेखि कारोबारमा आउन लागेको हो ।