images
images

एकैदिन ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?


  • 855
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    एकैदिन ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार जेठ २५ गते बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो । 

    राष्ट्र बैंकका अनुसार जेठ २४ गते ४९ खर्ब ७३ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ २५ गतेहुँदा ८ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ६५ अर्ब रुपैयाँमाझरेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि घटेको छ । जेठ २४ मा ४३ खर्ब ९२ अर्ब रुपैयाँ रहेकोमा २५ गते हुँदा ८ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ । 

    जेठ २५ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने स्थिर रहेको छ ।  २५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ । 

    सोही समयमा  बैंकहरुको कर्जा लगानीमा पनि स्थिर आएको छ । जेठ २५ गते बैंकहरुको कर्जा लगानी ४७ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । 

    यस्तै,जेठ २५ गते बैंकहरुको औसत सीडी रेसियो ९०.०७  प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ७ प्रतिशत रहेको छ । 


    images
    images

    Logo