images
images

वाणिज्य बैंकको निक्षेपमा सुधार हुँदै १३ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी २ अर्ब


  • 424
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    वाणिज्य बैंकको निक्षेपमा सुधार हुँदै १३ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी २ अर्ब

    काठमाडौं । वाणिज्य बैंकको निक्षेपमा सुधार हुँदै गएको देखिन्छ । जेठ महिनामा मात्रै बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार जेठ महिनाको तिन साता (जेठ २० गते) मा बैंकहरुको निक्षेप सो परिणाममा बढेको हो । 

    जेठको पहिलो साता अर्थात जेठ २ गते ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ २० गते आँउदा १३ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको छ । 

    यस्तै जेठ महिनामा वाणिज्य बैंकको कर्जा लगानीमा भने थोरै बढेको पाइन्छ । जेठ २ गते ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी जेड २० गते हुँदा २ अर्ब रुपैयाँले बढेर ४१ अर्ब ९६ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ । 


    images
    images

    Logo