काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको करिब ९ लाख कित्ता संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकका संस्थापक शेयरधनीमध्येको ८ लाख ८० हजार कित्ता शेयर विक्रीमा रहेको हो ।
बैंकमा हाल कायम रहेका शेयरधनीले उक्त शेयर खरिद गर्ने चाहेमा सुचना जारी भएको मितिले १५ दिन भित्र निवेदन दिनुपर्ने बैंकले जनाएको छ । सो शेयर न्युनतम मूल्य १ सय ४१ रुपैयाँ तोकिएको छ ।
संस्थापक शेयरधनीहरुले सो शेयरमा न्युनतम १ हजार कित्तादेखि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।