काठमाडौं । बैंकहरुको निक्षेप २ दिनमा ६अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार जेठ २१ गते बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले बढेको हो ।
राष्ट्र बैंकका अनुसार जेठ १९ गते ४९ खर्ब ६४अर्ब रुपैयाँ रहेको निक्षेप जेठ २१ गतेहुँदा ६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि बढेको छ । जेठ १९ मा ४३ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा २१ गते हुँदा ६ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको छ ।
जेठ २१ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने १ अर्बले मात्रै बढेको छ । १९ गते ५ खर्ब ७९ अर्ब रुपैयाँ रहेको निक्षेप २१ गते १ अर्बले बढेर ५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । सोही समयमा बैंकहरुको कर्जा लगानीमा भने स्थिर आएको छ । जेठ २१ गते बैंकहरुको कर्जा लगानी ४७ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।
यस्तै,जेठ २१ गते बैंकहरुको औसत सीडी रेसियो ९०.०५ प्रतिशत रहेको छ भने अन्तरबैंक व्याजदर ७.०१ प्रतिशत रहेको छ ।



