काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ११ पैसा रहेको छ ।