images
images

बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो, १ खर्ब ४१ अर्बको बीमाशुल्क संकलन


  • 382
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो, १ खर्ब ४१ अर्बको बीमाशुल्क संकलन

    काठमाडौं । जीवन बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार वैशाख मसान्तसम्म कुल जनसंख्याको ३९.१२  प्रतिशतले जीवन बीमा गरेको देखाएको हो । 

    यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २६.९२ प्रतिशत रहेको थियो । समितिको तथ्यांक अनुसार समीक्षा अवधिसम्म १ करोड १७ लाख ९५ हजार ८ सय ४० जना बीमाको दायरामा आएका छन् ।  नेपालको जनसंख्यालाई ३ करोड २ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।

     म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४८ लाख १९ हजार ९ सय ९५  जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेख सहित भने कुल बीमितको संख्या १ करोड १७ लाख ९५ हजार ८ सय ४० जनामा बीमाको पहुँच पुगेको छ । यो ३६.२९ प्रतिशत हो । 

    म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १५.९९ प्रतिशतले मात्रै जीबनबीमा पोलिसी किनेको बीमा समितिले जनाएको छ ।  

    बैशाख मसान्तसम्ममा बीमा कम्पनीले कुल १ खर्ब ४१ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा १४.६५ प्रतिशतले बढि हो । 


    images
    images

    Logo