काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर भाँडीएपछि इन्भेष्टमेन्ट बैंकले पुनः मेगा बैंकसँग मर्जरमा जाने तयारी गरेको हो ।
दुई बैंकका सञ्चालकबीच पछिल्लो एक महिनादेखि जारी कुराकानी मिलेसँगै मर्जरमा जाने निर्णय भएकाे छ । यी दुबै बैंकले मर्जर प्रक्रियामा काम गरिरहेको र कुनै रोक नभएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुनेभएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० अनुपातमा मर्जरमा जान लागेका हुन् ।
मर्जरपछि बन्ने संस्था इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट सञ्चालन गर्ने तथा बैंकको सञ्चालक समितिको अध्यक्ष अहिलेका इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने तथा प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे हुने सहमति भएको छ ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड छ । त्यस्तैऽ मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ ।मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ ।



