images
images

एनसीसी बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 483
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    एनसीसी बैंकको करिब २ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले करिब २ लाख कित्ता शेयर संस्थापक शेयर विक्री गर्ने भएको छ ।  सो बैंकमा रहेका ६ जना संस्थापकले आफ्नो नाममा रहेको कुल १लाख ९२ हजार ६ सय २६ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।  

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ ।

    संस्थापक शेयर विक्री गर्न चाहने संस्थापकहरुमा मानङ्क इन्भेष्टमेन्ट प्रालीको नाममा रहेको १ लाख ३ हजार ३९ कित्ता, बोध प्रसाद त्रिपाठीको नाममा रहेको ५४ हजार कित्ता श्याम बहादुर महर्जनको नाममा रहेको १५ हजार २ सय ५१त्यस्तै, ठगेन्दै लक्ष्मिी केसीको नाममा रहेको ७ हजार ६ सय २६, अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६ सय २६ र सुनिता नेवटियाको नाममा रहेको ५ हजार ८४ कित्ता संस्थापक शेयर विक्रीमा रहेको बैंकले जनाएको छ । 

     


    images
    images

    Logo