काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ ।