images
images

६ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप, कर्जा लगानी कति ?


  • 376
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    ६ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप, कर्जा लगानी कति ?

    काठमाडौं । जेठको दोस्रो साता (जेठ १३ गते) वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार जेठ १३ गते बैंकहरुको निक्षेप सो परिणाममा बढेको हो । 

    संघका अनुसार जेठ ६ गते ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा जेठ १३ गतेसम्म आइपुग्दा ६ अर्बले बढेर  ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । 

    त्यस्तै, जेठको दोस्रो साता कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ । जेठ ६ गते ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १३ गते आइपुग्दा एक सातामा ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।


    images
    images

    Logo