images
images

१ अर्ब ५० करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 461
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    १ अर्ब ५० करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकास कोषमा रहेको १ अर्ब ५० करोड  रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, ख वर्गका बैंकहरुमा २२ करोड ५० लाख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई जेठ १८ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिन अवधिको हुनेछ । 


    images
    images

    Logo