काठमाडौं । निर्जीवन बीमा कम्पनीले वैशाखसम्ममा ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । संञ्चालन रहेका २० निर्जीवन बीमा कम्पनीहरुले वैशाख महिनासम्ममा २३ लाख ४८ हजार बीमालेखबाट सो बराबरको रकम संकलन गरेका हुन् ।
शुक्रबार बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै १ लाख ६१ हजार बीमालेख बाट कुल २ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रशेको छ यो अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा तेस्रो नम्बरमा रहेको नेकोले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै वैशाख महिनासम्ममा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले ७४ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



