images
images

२३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 469
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    २३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले २३ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

    बैंकका अनुसार २८ दिन अवघिका लागि २ अर्ब रुपैयाँ  छुट्याइएको छ भने ९१ दिन अवधिका लागि ३ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ  । १८२ दिन अवधिको लागि ६ अर्ब र ३६४ दिन अवधिका लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

    २८ दिनको अवधिको बिल असार १४ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको बिल आगामी भदौ १४ गते परिपक्व हुनेछ ।  त्यस्तै, १८२ दिन अवधिको बिल आगामी मंसिर १३ गते परिपक्व हुनेछ भने ३६४ दिनको लागि आगामी जेठ १६ गते परिपक्व हुनेछ । 

    यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images
    images

    Logo