काठमाडौं । सहकारी विभागले ३५ बुदे एकिकृत निर्देशन जारी गरेको छ । विभागले बिहीबार सहकारी संघ संस्थामा सुशासन प्रबर्दनको लागि एकीकृत निर्देशन २०७९ जारी गरेको हो ।
सहकारीले जारी गरेको निर्देशनमा सहकारी संघसंस्थाहरुले सबै समयमा तरलता कम्तीमा कुल बचतको १० देखि १५ प्रतिशत कायम राख्ने उल्लेख छ । १० प्रतिशत भन्दा कम तरलता रहेको अवस्थामा व्यवस्थापकले सञ्चालक समितिलाई जानकारी गराउने र तरलता व्यवस्थापनमा सञ्चालक समिति जिम्मेवार रहने उल्लेख छ ।
सहकारी विभागले भाइबर, टिकटक फेसबुक जस्ता सामाजिक सञ्जालमा विद्युतिय तथा छापा माध्यम प्रयोग गरि संस्थागत सुचना संप्रेषण गर्ने बाहेकका कुनै चिठ्टा उपहार बढि व्यज लगायतका प्रलोभनजन्य कार्य गरि सदस्य बनाउने, बचत संकलन गर्ने तथा ऋण उपलब्द गराउने जस्ता विज्ञापन नगर्न समेत भनेको छ ।
यो निर्देशन जारी भएसँगै यस अघि विभागले जारी गरेको ८८ बुँदे निर्देशन आरेज भएको विभागले जनाएको छ ।
यस्तो छ ३५ बुँदे निर्देशन



