images
images

राष्ट्र बैंकबाट थप १६ अर्ब रुपैयाँ बाहिरियो, ६३५ अर्बको नोट चलनचल्तीमा 


  • 505
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    राष्ट्र बैंकबाट थप १६ अर्ब रुपैयाँ बाहिरियो, ६३५ अर्बको नोट चलनचल्तीमा 

    काठमाडौं । वैशाख महिनामा मात्रै १६ अर्ब रुपैयाँ राष्ट्रबैंकबाटले बजारमा पठाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न समयमा गरि बैंकबाट १६ अर्ब बजारमा पठाएको हो । 

    राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म बजारमा ६ खर्ब १९अर्ब रुपैयाँ रहेको थियो। वैशाख  मसान्तमा यो रकम बढेर ६ खर्ब ३५ अर्ब रुपैयाँमा पुगेको छ । यो रकम बैंक, निजी क्षेत्र र आम जनतासँग कायम रहेको रकम हो । 

    त्यस्तै एक महिनामा नेपाल राष्ट्र बैंकमा सुनचाँदीमा लगानी गर्ने रकम करिब २७ करोड रुपैयाँले  बढेको छ । राष्ट्र बैंकको सुनचाँदीमा लगानी गर्ने रकम ८८ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो रकम चैत मसान्तसम्ममा ८७ अर्ब ८९ करोड  रुपैयाँ रहेको थियो । 

     


    images
    images

    Logo