images
images

३ अर्ब ३ करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक


  • 380
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    ३ अर्ब ३ करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको  ‘नागरिक बचतपत्र २०८२’ जेठ १२ गतेदेखि बिक्री गर्ने भएको छ ।  बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ११ ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।  ब्याजमा कर लाग्ने पनि बैंकले जनाएको छ । 

    बचतपत्रमा जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। जसको निष्काशन असार ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको सावाँ फिर्ता २०८४ असार ८ गते हुने छ । 

    प्रत्येक ६÷६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ। उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।

    नेपाली नागरिकले मात्र खरिद गर्न पाउने सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत कर्जा लिन सकिनेछ ।


    images
    images

    Logo