काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १ लाख ८० हजार कित्ता संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकमा रहेका ३ संस्थापकहरुले आफ्नो नाममा रहेको कुल १ लाख ८० हजार ८ सय ६६ कित्ता शेयर विक्री गर्न लागेका हुन् ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ ।
संस्थापक शेयर विक्री गर्न चाहने संस्थापकहरुमा सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार कित्ता त्यस्तै एशियन डिष्ट्रिब्युटर्स प्रालीको ५३ हजार ५४ कित्ता र ग्लोबल ट्रेडिङ्ग कन्र्सन प्रालीको २२ हजार ३ सय ३८ कित्ता शेयर विक्रीमा रहेको बैंकले जनाएको छ ।