images
images

३ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप, कर्जा लगानी कति ?


  • 533
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    ३ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप, कर्जा लगानी कति ?

    काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप संकलन खुम्चिदै गएको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार वैशाख अन्तिम सातामा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले घटेको छ । 

    वैशाख चौँथोे साता (वैशाख २३ गते) बैंकहरुको निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो । अन्तिम साता (वैशाख ३० गते) मा आउदा सो निक्षेपमा ३ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा सिमित भएको छ । 

    त्यस्तै कर्जा लगानीमा पनि  यो साता २ अर्ब रुपैयाँले कमि आएको छ । वैशाख २३ गते बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो । ३० गते २ अर्ब रुपैयाँले घटेर बैंकको कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ । 


    images
    images

    Logo