काठमाडौं । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले २ वर्ष अवधिको विकास ऋणपत्र २०८१ ङ जारी गरेको हो ।
सो ऋणपत्र बिहिबार ३ बजेसम्म बोलकबोल हुनेछ । सो ऋणपत्रको व्याजदर बिहिबार बोलकबोलबाट नै हुनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहाने नागरिकले बिहिबार अनलाइन मार्फत बोलकबोल गनुपर्ने छ । सो ऋयापत्रको निष्काशन भने शुक्रबार हुनेछ ।
राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।