काठमाडौं । विन नेपाल लघुवित्तको लाभांश संशोधन भएको छ । वैशाख २९ गते बसेको सञ्चालक समितिको वैठकको निर्णय अनुसार लघुवित्तले यस अघि ११ प्रतिशत बोनस शेयर दिने प्रस्तावमा संशोधन गरेको हो ।
अब लघुवित्तले ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।