काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ३ पैसा रहेको छ ।