images
images

एनबीलाइ नबिल बैंकमा गाभ्ने प्रक्रिया स्थगित, अदालतले दियो अन्तरिम आदेश


  • 1.2K
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    एनबीलाइ नबिल बैंकमा गाभ्ने प्रक्रिया स्थगित, अदालतले दियो अन्तरिम आदेश

    काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया स्थगित भएको छ । बिहिबार सर्वोच्च अदालतले दुई बैंकको मर्जर कार्य रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सो अल्पकालीन आदेश जारी गरेको थियाे ।

    सर्वोच्च अदालतले नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालीले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । दुई बैंकको मर्जर भाड्नको लागि एनबी बैंकका शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

    अब अदालतले जेठ ३ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा समेत बोलाइसकेका छन् ।

     


    images
    images

    Logo