काठमाडौं । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको असर बैंकहरुको निक्षेपमा पनि देखिएको छ । जस अनुसार मंगलबार बैंकहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकको विवरण अनुसार वैशाख २७ गते एकैदिन १४अर्ब निक्षेप घटेको हो ।
वैशाख २६ गते ४९ खर्ब ४९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख २७ गते एकैदिन १४अर्ब रुपैयाँले घटेर ४९ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको पनि निक्षेपमा घटेको छ । वैशाख २६ गते ४३ अर्ब ७५ अर्ब रुपैयाँ रहेको निक्षेप २७ गते एकैदिन १३ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६२ अर्ब रुपैयाँमा सिमित भएको छ ।
२७ गते अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने स्थिर रहेको छ । वैशाख २७ गते ५ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।
सोही समयमा बैंकहरुको कर्जा लगानीमा पनि केही कमि आएको छ । २६ गते ४७ खर्ब २४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी वैशाख २७ गते २ अर्ब रुपैयाँले घटेर ७४ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानीमा भने १ अर्ब रुपैयाँ मात्र कमि आएको छ । २७ गते कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा स्थिर आएको छ । वैशाख २७ गते वैहाख १३ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।
वैशाख २७ गते बैंकहरुको सीडी रेसियो ९०.८४ प्रतिशत कायम भएको छ ।



