images
images

ऋणपत्र निष्काशनको लागि बैंक अफ काठमाण्डूले दियो बोर्डमा निवेदन


  • 518
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    ऋणपत्र निष्काशनको लागि बैंक अफ काठमाण्डूले दियो बोर्डमा निवेदन

    काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब १० करोड बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

    कम्पनीले ७ वर्षका लागि वार्षिक १०.५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्कासन गर्नका लागि वैशाख २६ गते निवेदन दिएको सेबोनमा निवेदन दिएको थियो । 

    कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।बैंकले विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।


    images
    images

    Logo