काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बीमा संस्थानको नाफा २७ प्रतिशतले बढको छ । चैत मसान्तसम्ममा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा २६.९२ प्रतिशतले बढी हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ७७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ सय ७१ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १ हजार ३ सय ४५ रुपैयाँ ८ पैसा रहेको छ ।