काठमाडौं । नेशनल माइक्रोफाइनान्सले करिब ८० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । सो कम्पनीमा रहेका संस्थापक समुहतर्फको कुल ७९ हजार ८ सय ७३ कित्ता शेयर विक्री गरिने भएको हो ।
सो शेयरको न्युनतम मूल्य १ सय रुपैयाँ कायम गरिएको छ । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले असार १ गते भित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल काठमाडौमा आइपुग्ने गरि आवेदन बुझाउनु पर्नेछ ।
संस्थापक शेयर विक्री गर्दा कम्पनीमा कायम रहेका सेयर धनीहरुलाई प्राथामिकता दिइने छ । सो समयभित्र संस्थापक शेयरधनीबाट प्रर्याप्त आवेदन नपरेमा अन्य व्यक्तिका लागि आवेदन खुलाउने बैंकले जनाएको छ ।