काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ८० पैसा रहेको छ ।