काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । विहिबार बैंकले सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार ९१ दिन अवधिका लागि २ अर्ब रुपैयाँ र १ सय ८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३ सय ६४ दिन अवधिका लागि १ अर्ब ८९ करोड रुपैयाँ छुट्याइएको छ ।
९१ दिन अवधिको बिल आगामी साउन ३१ गते परिपक्व हुनेछ । त्यस्तै, १ सय ८२ दिनको कात्तिक २९ परिपक्व हुनेछ भने ३ सय ६४ दिन अवधिको बिल २०८० जेठ २ गते परिपक्व हुनै बैंकले जनाएको छ ।
यी ट्रेजरी बिलको बिहिबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत सहभागी हुन सक्नेछन् ।



